ब्रेकिङ
सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयकाे निर्णय
  • हजुरकाे पाेष्ट

  • ११ जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।

    मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारीसाधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने ‘अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’

    प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको छ । मंगलबार चौथो पटक निषेधाज्ञाकाे आदेश थप्दै प्रशासनले निषेधाज्ञामा कडा प्रावधान ल्याएको जनाएकाे छ।
    यो अवधिमा संक्रमण दर घटे क्रमशः विभिन्न क्षेत्रलाई खुकुलो पार्दै लैजाने गृह मन्त्रालयको तयारी छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech