ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

सबै नागरिकले खाेप लगाउन पाउने गरी काम गर्न प्रधानमन्त्रीकाे निर्देशन ।
  • हजुरकाे पाेष्ट

  • ११ जेठ,काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन दिएका छन । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेशअनुसार प्रधानमन्त्री अध्यक्ष रहेएको कोभिड–१९ निर्देशक समितिको मङ्गलवार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि काम गर्न निर्देशन दिएका हुन ।

    प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रणसम्बन्धी र सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताको समाधान गरेको भन्दै कोभिड–१९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिएका छन ।

    प्रधानमन्त्रीको भनाइ उदृत गर्दै उनले भने, ‘खोपको उपलब्ध गर्नुपर्नेमा जोड दिइएकाे छ । खोप कहाँबाट ल्याउने हो र कसरी ल्याउने हो । नागरिकहरुलाई खोप दिनुपर्छ । खोपको प्रभावकारिता देखिएकाले पहिलो प्राथमिकता भनेको खोप हो । खोपपछि स्वास्थ्य सामग्रीको अभाव देखिएको छ र ती सामग्री पनि नेपाल सरकारले गरेको आह्वानअनुसार विभिन्न देशबाट उपलब्ध भएका छन् र उपलब्ध भएका सामग्रीको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपूर्ण रूपमा अस्पतालमा वितरण गर्न निर्देशन भएको छ ।’

    आवश्यक ऐन, नियम नभएका कारण समस्या भए पनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्शनमा जान कोभिड–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन ।

    सार्वजनिक खरिद ऐन र नियमावलिमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याएको र अध्यादेशले सबै बाटो खोलेकाले कुनै अलमल नगरि काम गर्न प्रधानमन्त्रीले निर्देशन भएको सचिव बरालले बताए ।

    कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा त्यससम्बन्धी व्यवस्थापन केन्द्रका पदाधिकारीकाे उपस्थिति थियो । सोमवार सरकारले काेभिड–१९ व्यवस्थापन केन्द्रका प्रमुखमा अवकाश प्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो । उनले मङ्गलवारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्दै बैठकमा सहभागी भएका थिए ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech