ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक सुरु
  • हजुरकाे पाेष्ट

  • १२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट सुरु भएको हो ।

    बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् । अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतना थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित छिन् ।

    सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा बैठकमा छलफल हुनेछ । माधव नेपाल पक्ष सहभागी नभएको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    यस विषयमा एमालेभित्र विवाद छ । एमालेको ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि एमालेकै माधव नेपाल पक्ष भने अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा देखिन्छन् । यही विवादका कारण मंगलबार बस्ने भनिएको संसदीय दलको बैठक बस्न सकेको थिएन ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech