ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

रूपन्देहीमा जेठ २० गते सम्मको लागी निषेधाज्ञा थप
  • हजुरकाे पाेष्ट

  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा अहिले पनि कोरोनाको प्रभाव नघटेको विश्लेषण गर्दै आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

    डीसीएमसीको बैठकको सिफारिसमा जेठ २० गते सम्मको लागी निषेधाज्ञा थप गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । प्रजिअ तामाङले यस अघि निर्धारण गरिएका मापदण्ड अनुसार नै निषेधाज्ञाको अवधी थप भएको जनाउँदै निषेधाज्ञालाई अझै कडाईका साथ कार्यान्वयन गराईने बताए । यस अघि संक्रामक ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएकोमा थप गरिएको निषेधाज्ञामा भने कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत कार्यान्वयन हुने तामाङले जानकारी दिए ।

    नयाँ अध्यादेशमा सरकारले तोकेको निषेधाज्ञा वा कनैपनि प्रकारको आदेश उल्लंघन गरेको ६ महिना कैद र ३ लाख सम्म जरिवाना हने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारीले अध्यादेश बमोजिमको आदेश उल्लंघन गर्नेलाई तत्काल ब्यक्तिको हकमा १ लाख र संस्थाको हकमा २ लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

    थप गरिएको निषेधाज्ञामा पनि पुर्ववत शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech