१३ जेठ,धनगढी।पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिम कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे ।
‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,उनले भने,काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो ।’ निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने भएकाे छ ।