रूपन्देही १३ जेठ । रुपन्देहीको कञ्चन गाँउपालिका–४ बुद्धनगर सामुदायिक टोलकी एक ४ वर्षिय नाबालिका माथि कञ्चन ४ बुद्धनगर सामुदायिक टोलका ५३ वर्षिय हेमलाल गन्धर्वले जर्वजस्ती करणी गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
जेठ ११ गते दिउँसो एक बजे बालिकाका आमा बुबा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले ती बालिकामाथि करणी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।
डीएसपी थापाका अनुसार गन्धर्वले जर्वजस्ती गरेर छाडेपछि खेतमा काम गर्न गएका आमा बुवा आएपछि बालिकाले घटनाबारे जानकारी दिएकी थिइन् । बालिकाले आमासंग पिसाब फेर्ने ठाउँमा दुख्यो भनेपछि परिवारका सदस्यले घटनाबारे जानकारी लिएको र प्रहरीलाई खबर गरेको थापाले जानकारी दिए ।
बालिकाको यौनाङको वरीपरी रातो भएको र सामान्य चोट लागेको प्रहरीको भनाइ छ । बालिकाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल जाँच तथा उपचारपछि घर फर्काइएको प्रहरीको भनाइ छ । करणी गर्ने गन्धर्ब माथि जर्वजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।