ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

लुम्बिनी प्रदेश सभा बैठकका लागि प्रदेश सभाहल निर्माण कार्य दाङको देउखुरीमा सुरू ।
  • हजुरकाे पाेष्ट

  • १४ जेठ,बुटवल – दाङको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ ।

    कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरिएको निषेधाज्ञामा समेत सावधानी अपनाएर प्रदेश सभाहल निर्माणको काम भइरहेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिए । उनका अनुसार ५ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुविधा सम्पन्न प्रदेश सभाहल निर्माणको काम चलिरहेको छ ।

    भयोस्थानीय कामदारहरुले आवासीय रुपमा बसेर निर्माणको कामलाई निरन्तरता दिइरहेका अधिकृत मजगैयाँले जानकारी दिए । एक सय जना मानिस सजिलै अटाउन सक्ने सभाहल, सभामुखको लबी, स्टेज सबै यसैभित्र निर्माण गर्ने गरी काम भइरहेको छ ।

    चालु आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य छ । तर, निषेधाज्ञाका कारण निर्धारित समयमा सभाहल निर्माणको काम सम्पन्न गर्न कठिनाइ हुने भएको छ ।‘असारसम्म सक्ने योजना हो । समय परिस्थितिअनुसार निर्धारित समयमा काम सुरु गर्न सकिएन’ उनले भने-‘असोजसम्ममा सबै काम सकिन्छ की भन्ने लागेको छ ।’ सभाहल निर्माणको काम ड्राइगन बस्नेत जेभी निर्माण कम्पनीले गरिरहेको हो ।

    राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका १, २ र ३ वडा, शीतगङ्गा नगरपालिका अर्घाखाँचीको वडा नंं ८ र ९ लाई समेट्ने छ । प्रशासकीय केन्द्र, सहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै प्रकारको क्षेत्र तोक्ने र त्यहीअनुसार डिजाइन बनाइने छ ।

     

    नेपाल सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछि सभाहल निर्माणको काम सुरु भएको हाे । राप्ती प्राविधिक शिक्षालयभित्र रहेको सभाहल सानो भएपछि नयाँ सभाहल आवश्यक परेको हो ।

    राजधानीको निर्णय टुङ्गिएपछि स्थायी राजधानी तोकिएको क्षेत्रमा राजधानीसँग जोडिएको गुरुयोजना निर्माणसँगै पूर्वाधार निर्माण कार्य सुरु भएको हो ।

     

     

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech