ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

देशका धेरै नदी तथा खोलामा बाढी, आज पनि धेरै ठाउँमा झरी ।
  • हजुरकाे पाेष्ट

  • १४ जेठ बुटवल – लगातार परेको पानीका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको छ । मौसमविद्का अनुसार आज पनि गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पानी पर्ने सम्भावना छ । गएको २४ घण्टामा म्याग्दीमा ८० मिलीमिटर पानी परेको छ ।

    अहिले बुढीगण्डकी नदीमा बाढी आएको छ । तर नदीमा पानीको सतह बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । महाकाली, कर्णाली, राप्ती, नारायणी, वाग्मतीलगायत नदीमा पनि बाढी आएको छ । यस्तै, वाग्मती प्रदेश र प्रदेश नम्बर १ र २ का केही ठाउँमा पनि ठूलो वर्षा भएको छ । यस्तै सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माण भइरहेको मोटेरेबल पुल बगाएको छ ।

    चम्पादेवी गाउँपालिका-१ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरघाट जोड्ने पुल बाढीले बगाएको हो । गण्डकी, वाग्मती र लुम्बिनी तथा प्रदेश-१ र २ का केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । यी क्षेत्रका नदी तथा खोलाको आसपासमा रहेकाहरुलाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

    बङ्गालको खाडीमा  विकसित भएको चक्रवातको असरका कारण अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको हो ।  भोलि बेलुकादेखि भने पानी पर्न केही कम हुने अनुमान गरिएको छ । पर्सि आइतवार र सोमवार पानी नपर्ने तर त्यसपछि भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमपुर्वानुमान शाखाले जनाएकाे छ   ।

    आइतवार र सोमवार मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । त्यसपछि भने नेपालमा  न्यूनचापीय रेखाको प्रभावका कारण पानी पर्न सक्ने जनाएकाे छ । मनसुन नजिकिँदै गरेकाले प्रि-मनसुनका गतिविधि थप सक्रिय हुँदै जाने मौसमविद्ले बताएका छन् ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech