ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा बाँकेका स्वास्थ्यकर्मी आन्दोलित।
  • हजुरकाे पाेष्ट

  • नेपालगन्ज । बिहिबार राती नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए ।

    मृतकका आफन्तहरुको आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए । उपचारका क्रममा मृत्यु भएका दाङका डिल्लीबहादुर रावतका भाई मानबहादुर रावत समेतले नसिंङ स्टाफको घाँटी थिचेर आक्रमण गरेपछि उनीहरु ज्यान जोगाउन पहिलो तल्लाबाट हाम्फालेका थिए ।

    आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको बिरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ ।

    कोरोना संक्रमणबाट सिकिस्त भएपछि दाङबाट रिफर गरेर नेपालगन्ज पठाईएका संक्रमित दाङका डिल्ली रावत जेठ ४ गते भेरी अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा विहीबारराती ८ बजे मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोसमा उनीहरुले आइसीयूमा प्रवेशगरी तोडफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

    । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना डिल्लीका छोरा र मानबहादुर भाइ रहेको खुलेको छ ।घटना लगत्तै भेरी अस्पतालमा बसेको चिकित्सक र अस्पताल विकास समितिको पदाधिकारीहरुको बैठकमा प्रशासनले घटनामा संलग्नहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech