ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

१५ दिनमा खाेप खरिदकाे विषय टुङ्गाे लाग्छ : मन्त्री ज्ञवाली
  • हजुरकाे पाेष्ट

  • १४ जेठ काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा काेभिड–१९ खोप खरिदको विषय टुङ्गो लाग्ने बताएका छन । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले विभिन्न देशमा खोप खरिदका लागि पहल गरिरहेको र सकारात्मक जवाफ आएको बताएका हुन ।

    यस्तै मन्त्री ज्ञवालीले चीनले अनुदान स्वरूप दिने भनेको १० लाख डोज कोभिड खोपमध्ये दुई लाख डोज खाेप आउँदाे आइतवार नेपाल आउने पनि बताएका छन । बाँकी आठ लाख डोज खाेप आउँदो मङ्गलवारसम्ममा आउने उनले बताए ।

    गएकाे बुधवार (अस्ति) राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजपिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

    यसैबीच कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रूपमा लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५ वर्षमाथिका झन्डै साढे चार लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप लगाउने तयारी गरेको हो ।

    भारतले कोभिशिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल खोप आउने सम्भावना नभएकाले त्यसको विकल्पमा एस्ट्राजेनेकाको खोप दिने तयारी गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिए । उहाँका अनुसार कोभ्याक्सलाई एस्ट्राजेनेका वा जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराइदिन सिफारिस गरिसकिएको छ ।

     

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech