ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

आज गणतन्त्र दिवस , समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनामा थप उत्प्रेरणा प्रदान गर्नेमा राष्ट्रपतिको विश्वास
  • हजुरकाे पाेष्ट

  • १५ जेठ,काठमाण्डाै – आज गणतन्त्र दिवस । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

    कोरोना सङ्क्रमणको जोखिमका कारण दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छैन । लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ ।

    २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियाे । सङ्घीय गणतन्त्र स्थापना पछिका १३ वर्ष सोचेजति र नागरिकले आशा गरेअनुसार उपलब्धि हासिल नभएको विश्लेषण हुँदै आएको छ । पछिल्ला वर्ष भ्रष्टाचार तथा दण्डहीनता बढ्दो छ । कोरोना महामारीको व्यवस्थापनमा हेलचेक्र्याइँले पनि राज्यप्रति नागरिकहरूको भरोसा कम हुँदै गएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिँदै समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छन । उनले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि दिवसले थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन । उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पनि शुभकामना सन्देश दिएका छन ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech