ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

कोरोनाको आतंक बाट युवा पुस्ता अतालिनु दुःखद !
  • हजुरकाे पाेष्ट

  • चीनको बुहानबाट सन २०१९ को अन्तय बाट सुरु भएको कोरोना महामारीले सबै २१ औँ सताब्दिको सबैभन्दा ठूलो मानबिय संकट निम्त्याएको छ हाम्रो देश पनि यश बाट अछुतो रहन सकेको छैन , दिन प्रतिदिन कोरोना भाइरस का बिरामी बडिरहेका छ्न । मृतक हरुको संख्या बडिरहेको छ ।

    देश संकट मा फसेको छ ,कोरोना कहरको पिडामा छ्ट्पटाउदै गरेका जनता भ्यक्सिन , अक्सिजन र अस्पतालमा बेड मागिरहेका छन तर बिकृती राजनिती ले चुनाब दिएको छ ।

    कोभिड अस्पताल भनी रुपान्तरण गरिएका अस्पतालमा भनेबमोजिम बेड छैनन् अक्सिजन को अभब छ, भेन्टिलेटर छैनन् । कोरोनाले त्राही त्राही गराएका बिरामी हरु खुला आकास मुनि बस्न बाध्य छन््, बेड को लागि आफन्तको चित्कार आवाज अस्पतालको परिसरमा छ , तर सरकार दलिय राजनिती , खिचतानी मा अझिएको छ , सुबिधा सम्पन्न अस्पताल छैन । त्यस्को लागि कुनै चासो छैन ! तीन तह को कुनैपनि सरकार जनता प्रति उत्तरदायी देखिदैनन ।


    अस्पताल निर्माण गर्ने सुबिधा उपलब्ध गराउने स्वास्थ्य सेबामा आबस्यक सामाग्री जोहो गर्नुपर्ने बेला सरकार गैह्र जिम्मेवार देखिएको छ । छिमेकी मुलुक भारतबाट कोरोना प्रभावित क्षेत्रबाट गाउँ मा भित्रने ब्यक्ति हरुको बारे कुनै निकाय को ध्यान पुगेको छैन , त्यसैले गर्दा गाउँ धेरै ब्यक्तिहरु ज्यरो रुघाखोकी बाट ग्रसित छन तर त्यँहा कुनै परिक्षण गरिएको छैन ! गाउमा जोखिम बड्दो छ त्यहा कसैले चासो देखाएको छैन , तर स्थानीय तहहरु आफ्ना राजनितीक टिकाटिक्पणीमै ब्यस्त छन । यस्तो अबस्थामा राजनिती दलहरु आफ्नो ब्यतिगत स्वार्थ मा ब्यस्त छन यस्तो अबस्था ले जनता निरास छन । एकातिर कोरोना ले आतंक मच्चाएको छ ! कति बेला के सुन्नुपर्ने हो टुंगो छैन । यस्तो अबस्थामा राजनिती खिचतानीले मानिसहरुको सरकार प्रतीको बिश्वास घटदै गएको छ । देशको लागि प्रमुख भुमिका युवाहरुकोे हुन्छ तर युवाहरु सामाजिक संजाल मार्फत राजनीतिक बहस मात्रै गरिरहेका छन ! जसले देश लाई अधोगती सामाजिक सौहाद्रता र एकताको भाबनालाई ब्रेकगर्ने तर्फ प्रोत्साह्न गर्दै लगेको छ । युवा पुस्ताको दिन सामाजिक संजालको राजनीतिक टिकाटिपणीमा घिर्णालाग्दा शब्दको आगमन सगै ब्यक्तिको योग्यता स्खलित भएकोछ ।


    जस्लेगर्दा युबापुस्ताको देश बिकास प्रतिको क्षमता खेर गइरहेको छ । देश को भबिस्य निर्माण गर्ने जिम्मा युबा पुस्तामा छ तर सामजिक संजालको राजनिती टिकाटिप्पणीले युबा पुस्ताको बिज्ञतामा खोट लगाएको छ । भद्रगोल राजनीति ले निकास कहिले पाउने ? जनताले सुरक्षाको अनुभुति कहिले पाउने ? कहिले राजनीतिज्ञ हरु कहिले सुध्रिने ?जनताले जनताका लागि बनाएको सरकर यस्तो हुन्छ ? किन नाम मात्रैको जनताको सरकार भनियो ?घर घरमा स्वास्थ सेबा भनी किन नचाहिने कुरा फैलाउने जस्ता प्रश्न सरकार माथी उठिरहेका छन तर सरकार मौन छ ! केबल आफ्ना पदिय भागबन्डामा ब्यस्थ छ । यस्तो कहालिलाग्दो परिस्थितिमा सरकार ले सबै कुरा को जोहो गर्न सक्दैन जनता लाई सुरक्षा प्रदान गर्न सक्दैन भने अब जनताले कसरी बिश्वास गर्ने ?

     

    सामाजिक सुरक्षा स्वास्थ सुरक्षा गर्ने सरकाको दायित्व भित्र पर्छ , खोइ सरकार कताछ भनी खोज्न पर्ने बेला आएको छ ।देश को समस्या एकातिर छ तर सरकार अर्कै कुरा मा रोमलिएको छ । यस्तो बेला राजनीति भद्रगोलपारी फेरि चुनाब मा जानूलाई देशद्रोही कदम मानिन्छ । आपत कालिन यस्तो संकटको अबस्थामा चुनाबी नारा होइन जनतालाइ सुरक्षा अनुभुति दिलाउनुपर्यो । अहिले मतपत्र छाप्ने पैसा भ्याक्सिन , भेन्टिलेटर , अक्सिजन , बेड किन्नमा खर्च गरिनुपर्छ । परिक्षणको दायारा बडाउन त्यसको लागि चाहिने आबस्यक सामाग्रीको जोहो गर्नुपर्छ र कोरोना आक्रन्त लाई हटाओस ।अहिले चुनावी माओल बनाउने समय होइन ।

                                                                                                    सपना घिमिरे , अर्घाखाँचि

     

     

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech