ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

जसपा विवाद : यादव पक्षद्वारा ठाकुरसहित चार जनालाई २४ घण्टे स्पष्टीकरण, पार्टीबाटै हटाउने चेतावनी
  • हजुरकाे पाेष्ट

  • १५ जेठ काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसहित चार जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णय विपरीतका काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

    यसअघि ११ गते सोधिएको स्पष्टीकरणको जवाफ पनि नआएकाले तपाईँलाई थप कारबाही किन नगर्ने भन्दै केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले अर्को स्पष्टीकरण पत्र पठाउनुभएको हो । २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआएमा पार्टीको अन्तरिम विधानअनुसार पार्टीबाटै निष्कासन गर्ने समेतको निर्णय गर्न सकिने पत्रमा उल्लेख छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमलाई ठाकुर पक्षले स्वागत गरेको छ भने सरकारमा पनि सहभागी हुने तयारीमा छ । यस्तै पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई अघि सारेको छ । तर अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने ओलीको कदमको विरोध गर्दै विपक्षी गठनबन्धनलाई साथ दिएको छ । यसअघि ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई स्पष्टीकरण सोधिसकेको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech