ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

निजी क्षेत्रको धेरै माग सम्बोधन भएको भन्दै उद्याेग व्यवसायी खुशी ।
  • हजुरकाे पाेष्ट

  • १६ जेठ काठमाण्डौ – उद्योग व्यवसायीहरुले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटले वर्तमान परिस्थिति अनुकूल निजी क्षेत्रको धेरैजसो मागहरु सम्बोधन भएको प्रतिक्रिया जनाएका छन्।

    कोरोना महामारीको बेलामा आएको विशेष बजेट भएका कारण निजी क्षेत्रको धेरै मागहरुलाई सम्बोधन नभएको भए पनि अधिकांश मागहरु सम्बोधन भएको उनीहरुले बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको ऋणलाई सहजीकरण गर्ने कुरा आउनु, भ्याटमा सुधारको कुरा आउनु र विलिङ चार्जको कुरा आउनु सकारात्मक भएको बताए ।

    कोभिड-१९ का कारण अति प्रभावित क्षेत्र पर्यटन, मनोरञ्जनसँग जोडिएका क्षेत्रहरु र अरु केही क्षेत्रहरुमा विशेष सहुलियतको घोषणा भएको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा बढी खर्च हुनु पनि सकारात्मक भएको बताए ।

    नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले आफूहरुले उठाइरहेको कुरा मेक इन नेपाल सरकारले समेटेकाले बजेट उद्योगका लागि सकारात्मक भएको बताए । खोपको जरुरीलाई बजेटले सम्बोधन गर्नु पनि सकारात्मक भएको भन्दै उहाँले लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने आफूहरुको माग सम्बोधन भएको बताए ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले पपुलिष्ट बजेट ल्याएको भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech