ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

तथ्यको कसिमा केपी ओलि नेपालको सर्वाेत्कृष्ट प्रधानमन्त्रि सावित ।
  • हजुरकाे पाेष्ट

  •  

    जुन बेला यूरोपमा स्टिम ईन्जिनको आविष्कार भयो त्यो समय नेपाल एकीकरणको थालनीभन्दा झन्डै ३ दशक अगावैको मल्लकालीन युग थियो अर्थात शाहवंशको शुरूआत सन् १७६९ मा भएको थियो भने स्टिम ईन्जिनको आविष्कार सन् १७३६ मा भएको थियो । यस ऐतिहासिक आविष्कारपछि त्यसैको जगमा ब्रिटिशमा सन १७६० देखि औधोगिक क्रान्तिको शुरूआत भो जुन सन १८४० सम्म सिंगो यूरोप र अन्य देशहरूसम्म विस्तार हुँदै गयो ।

    विश्वमा औधोगिकीकरण तीव्र गतिमा फैलिरहँदा हाम्रो देश घरेलु हतियार र खुकुरी तरबारको भरमा एकीकरणको अभियानमा अघि बढ्दै थियो । पृथ्वीनारायण शाहको अगुवाइमा शुरू भएको उक्त अभियानलाई उनका उत्तराधिकारीहरूले थप निरन्तरता दिए । जसलाई शाहवंशीय इतिहासको सर्वाधिक महत्वपूर्ण उपलब्धीका रूपमा हामीले स्वीकारेका छौं । सन् १८४० सम्म आइपुग्दा पृथ्वीनारायण शाहका चार उत्तराधिकारीहरूले राजगद्दी सम्हाले । त्यो बेला विश्वमा आधुनिक उघोगधन्दाहरू फस्टाइसकेका थिए र तिनका उत्पादनहरू तीव्र गतिमा विश्वबजारतर्फ प्रवेश गर्दै थिए ।

     

    त्यसबखत हाम्रो व्यापार नगदभन्दा जिन्सीमा आधारित थियो, उधोगधन्दा , पूर्वाधार विकास , शिक्षा, स्वास्थ्यलगात क्षेत्रहरूको अवस्था हामी आफैं कल्पना गर्न सक्छौं । ठीक त्यही समय हाम्रो देशमा राजगद्दी हत्याउने लगायतका अन्य धेरै अभिष्ठ प्राप्तीका लागि जायज नाजायज दाउपेच र षड्यन्त्रहरू त सामान्य नै हुन्थे आफ्नै परिवारका सदस्यको हत्या हुन्थ्यो, शाहवंशका अधिकांश शासकहरू आफ्नो कालगतिमा मर्न पनि पायनन् । सीधै हत्याहिंसा र दाउपेचकै बलमा कुर्सी हडप्ने श्रृंखला चलिरहन्थे ।

    प्रसंग जोड्नुको कारण, आज हामीमाझ एउटा यस्तो जमात छाैँ जो विदेशमा छ या गएर फर्केको छ, या उसका आफन्त विदेशमा छन् या युट्युब÷ इन्टरनेटमा विदेशका दृष्यहरू नियाल्छन् । उनीहरू नेपाललाई यूरोप अमेरिका र अन्य देशसँग तुलना गर्छन् अनि दोष दिन्छन् केवल अहिलेका शासकलाई ।महेन्द्र शासनकालमा जे जति काम भए त्यो राम्रो हो तर जसरी आज स्वदेश र विदेशको तुलना गर्दैछौं ती कामहरू अढाई सय वर्ष अगाडि सम्पन्न हुनुपर्ने काम हुन् ।

    राजनीतिक परिवर्तन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जुन रूपमा हाम्रा नेताहरूले आफ्नो कुशलता देखाए ,तर राज्यसंचालन र आर्थिक विकासका एजेण्डाहरूमा त्यसअनुरूपको दक्षता महसुस गराउन नसकेको चाहि स्वीकार्नुपर्छ । अधिकांश नेताहरूले जनताले महसुस हुने गरी डेलिभरी दिने क्षमता देखाउन सकेनन् यो पनि साँचो हो । वि.सं २०४६ पछाडिको नेपाल र त्यसअघिको नेपाल एउटै हो तर गुणात्मक उन्नति प्रगति, जनअधिकारहरू स्थापित भएको कालखण्ड यही हैन र ?

    जुनबेला विश्वका देशहरू आर्थिक उन्नति गर्दै आफ्नो देशमात्र हैन विश्वभर त्यस्को सन्देश र प्रतिफल फैलाउँदै थिए त्यसबेला हाम्रा शासकहरू हुक्के चिलिमेहरूलाई बक्सिस बाँड्दै थिए र आफ्ना अनैतिक र अनुचित ईच्छा आकंक्षाहरू पूर्ति गर्दिए वापत बक्सिसस्वरूप आजको मूल्यमा खर्बौंले नभेट्ने राज्यका जग्गाजमिनहरू बक्सिस वितरण गर्दै हुन्थे । त्यो बेलाको राज्यको लाखौं रकम आफ्नो विलासिता मोजमस्तीमा खर्च गर्दै युरोपियनहरूको पाउ मोल्दै आफ्नै निजी सोख पूरा गर्नै उद्दत थिए ।

    शासन जनताका लागि थिएन, सडक बनिहाले पनि जनताका लागि बनेका थियनन, एउटा–एउटा स्कूल निर्माण हुन्थ्यो त्यो पनि जनताक लागि हैन । बालमन्दिर बनाउनु राम्रो काम थियो तर तत्कालीन उद्देश्य के थियो ? शिक्षा आर्जन गर्न चाहनु अपराध ठहरिन्थ्यो, फाँसीमा लट्किनु पर्थ्यो । गंगालाल दशरथ चन्दलगायतले त्यसै झुण्डिनु परेको थिएन ।

    जुन बेला विश्वले अन्तरिक्ष यान पठाउन शुरू गर्दै थियो हाम्रा शासकहरू जनावरका खुर र मन्दिरका गजुरहरू विदेश निर्यात गर्न व्यस्त थिए । विश्वमा जनताको सर्वोच्चताको माहोल निर्माण हुँदै थियो नेपाल १०४ वर्षीय राणाकालीन अन्धकार युगभित्र हराइरहेको थियो । २००७ सालमा प्रजातन्त्रको उदय त भयो तर यसको पनि कलिलैमा हत्या भयो । मुलुक फेरि अर्को ३० वर्षीय निरंकुश पन्चायती शासनको कालो बादलभित्र धकेलियो ।


    एकथरी व्यक्तिहरू जो माथिका पुराना परिदृष्यको जानकारी राख्दैनन् र नकरात्मक ओरियन्टेसनबाट प्रभावित हुन्छन र अर्को हिजोका शासकका हुक्के चिलिमे र तिनका अवशेष कै विश्वास र हल्ला गर्छन् भने अहिले मुलुकमा जे जति विकासका संरचना छन् त्यो हिजो राजाकै कालमा भएको हो अहिलेका राजनीतिक दलले केही गरेनन् भन्ने भ्रम सृजना गर्नमा तल्लनि छन ।


    हो तुलनात्मक हिसाबमा राजा महेन्द्रले केही कदम अघि सरेर सुधारका कार्यक्रम ल्यायकै हुन् । भोकमरीले ग्रसित बस्तीमा जस्तोसुकै खाद्यान्न पनि मुल्यवान सावित हुन्छ भने झैं केही नहुँदा थालनी भएका सुधारहरूको पनि महत्व त्यस्तै हुन्छ । महेन्द्र शासनकालमा जे जति काम भए त्यो राम्रो हो तर जसरी आज स्वदेश र विदेशको तुलना गर्दैछौं ती कामहरू अढाई सय वर्ष अगाडि सम्पन्न हुनुपर्ने काम हुन् ।

    अहिले सडक सन्जालको क्षेत्रमा एसियाकै एक नमूना रूपमा हामी अघि बढ्दैछौं । एकै दिन सयौं किलोमिटर सडक निर्माण हुँदैछन, सयौं सडक, अस्पातलहरू शिलान्यास हुने चरणमा प्रवेश गरेका छौं, अब एक÷दुई लेन होइन चारदेखि छ लेनको युग शुरू भयो, मुलुक सुरूङ युगमा प्रवेश गर्दैछ ।

    आज हामी अढाई शताब्दीको विकासको खाडल हटाउँदै केही वर्षको मात्र ग्यापमा झरेका छौं र यसको शुरूआत जनताको हातमा शासन आएपछि नै भयो । ३० वर्षीय पञ्चायतीकालमा जे जति पूर्वधार क्षेत्रका काम भए अन्त पुग्नु पर्दैन केपी शर्मा ओलीको नेतृत्वकालमै त्यो भन्दा बढी काम पूर्वधार क्षेत्रको विकासमा अघि बढ्दैछन । शिक्षा ,स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सोही अनुरुपका सुधार यही कार्यकालमा देखिँदैछन् ।

    महेन्द्रकालीन मुख्य कामहरूको उल्लेख गर्नु पर्दा केही मुख्य राजमार्ग, चीन तथा शोभियत संघद्वारा निर्मित डेढ दर्जन ठूला उद्योग (जुन नेपाली कांग्रेसको निजीकरण नीतिको नाममा बेचियो) केही ठूला अस्पातल र शिक्षण संस्थाहरूलाई चित्रण गरिन्छ, केही नहुँदा निर्माण भएकोले त्यसको महत्व बढ्यो तर यतिका युग गुज्रिसक्दा केही पनि नहुने अवस्था पनि त्यही व्यवस्थाले नै बनाएको थियो जसलाई महेन्द्रले केही मात्रामा चिरेर देखाए ।

    अहिले सडक सन्जालको क्षेत्रमा एसियाकै एक नमूना रूपमा हामी अघि बढ्दैछौं । एकै दिन सयौं किलोमिटर सडक निर्माण हुँदैछन, सयौं सडक, अस्पातलहरू शिलान्यास हुने चरणमा प्रवेश गरेका छौं, अब एक ,दुई लेन होइन चारदेखि छ लेनको युग शुरू भयो, मुलुक सुरूङ युगमा प्रवेश गर्दैछ । सिंचाइका ठूला–ठूला परियोजनाहरू, स्मार्ट सिटीका प्रोजेक्टहरू, फलामदेखि सुन ,पेट्रोलदेखि युरेनियमका खानीहरू, जल पारवहन, चीनसँगको आठवटा नाकाहरू संचालन, अन्तर्राष्ट्रिय विमानस्थलहरू , सामाजिक सुरक्षा कार्यक्रम लगायतका कैयौ योजनाहरू तीव्र रूपमा अघि बढ्दैछन् जुन क्रमिक नभै तीव्र विकास क्रमको रूपमा देखिँदैछन् ।

    यी धेरै परियोजना आम अपेक्षाभन्दा पनि माथिका थिए त्यसैले यो युगलाई हामी तीव्र विकासको युग भन्दैछौं । र, यो देश विकासको अहिलेको स्वर्णकाल पनि यही व्यवस्थाको उपज हो ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech