ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै
  • हजुरकाे पाेष्ट

  • १६ जेठ ,पाेखरा – गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गरेकि छन । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ ।

    बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बजेट पेस गर्नुपर्ने कानुनी बाध्यता छ ।

    संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको अल्पमतको सरकारले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता छ । प्रदेश सरकारले जेठ २९ अघि नै विश्वासको मत लिनुपर्छ । जेठ २५ देखि २७ गतेभित्र विश्वासको मत लिने प्रदेश सरकारले तयारी गरिरहेको छ ।

    गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धन छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न उनीहरूले पार्टी निर्णयसहित वैशाख २९ गते प्रदेश प्रमुखलाई निवेदन दिएका थिए । तर प्रदेश प्रमुख पौडेलले विपक्षी गठबन्धनको पक्षमा बहुमत नपुगेको निष्कर्षसहित मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरेकि थिइन  ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech