ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

अर्थसाश्त्रीहरुकाे  प्रतिबेदन   पुर्ण पालना भएनः बजेट जनमुखि छ , तर कार्यान्यन मा चुनौती हुन सक्छ !
  • हजुरकाे पाेष्ट

  •  

    आगामी आर्थिक बर्स २०७८÷०७९कोबजेट हिजो हामी माझ आएको छ !
    बजेट हेर्दा निकै राम्रो बर्तमान परिपेक्ष लाई सुवाउदो पाउन सकिन्छ , देशमा राजनितिक कलह सतहमा आएको बेला यो बजेट जेष्ठ १५मै आउनु पर्ने बाध्यता पनि छदै थियो ,राजनितिक सहमतिमा भएको भए कति राम्रो हुन्थौ होला ? यसमा नराम्रो मान्नुपर्ने खासै कुरा छैन ! उक्त बजेट १६खर्ब ४७अर्ब ५७ करोड को छ ।
    जस अन्तर्गत चालू खर्च ६ खर्ब ,पुजिगत खर्च ३ खर्ब ७४ अर्ब २६ करोड र बित्तीय अनुदान तर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ छदैछ ।

    श्रोत हरु
    राजस्वबाट १० खर्ब २४अर्ब९० करोड र्बैदेसिक अनुदान बाट ६३ अर्ब ३७ करोड
    न्यूनहुन आउने बाकी ५खर्ब ५९अरब ३० करोड मध्ये
    आन्तरिक ऋण बाट २ खर्ब ५०अर्ब
    बौदेसिक ऋणबाट ३ खर्ब ९ अर्ब २९करोड हो

     

    बजेटको राम्रो पक्ष ।

    सबैभन्दा बढी शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड
    स्वास्थमा हालसम्म्कै बढी १ खर्ब२२ अर्ब७७ करोड र वृद्धभत्ता ४००० बालशिक्षा को शिक्षाको शिक्षिकाको तलब १५००० बिद्यार्थीको लागि शैक्षिक लोन ,प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मा बजेट थप, बिधुतिय सबारी मा कर छुट ,पहाडी बाटो पिच ढलान गर्नु पर्दा नेपाली सिमेन्ट को प्रयोग,!आगामी १० वर्स भित्र पेट्रोलबाट चल्ने सबारी साधन बिस्थापित गर्ने लक्ष ,काठमाडौ का उधोग धन्दाहरु मकवानपुर सार्दा विशेष सुविधा। निषेधाज्ञामा २० युनिट सम्म बिधुत प्रयोग गर्नेलाइ सबै छुट ,अक्सिजन उधोग लाई लाग्ने भन्सार भ्याटमा मिनाहा ।

    महिनामा २० हजार लिटर पानी पानी प्रयोग गर्नेलाइ सुल्क नलाग्ने ,रेलमार्गको लागि १०अर्ब ३ करोड छुट्टाएको ,चलचित्र नबिकरण सुल्क छुट, सामाजिक सुरक्षा कोषको बिस्तार र यो दुई महिनाको योगदान रकम सरकारले तिरिदिने कोरोना माहामारिको लागि ३७ अर्ब ५३ करोड बिनियोजन , सम्सद बिकास कोष खारेज ,सरकारी कर्मचारी को तलब २००० ले वृद्धि र अन्यको अझै वृद्धिको लागि सुझाव दिन भनिएको ,अनुमानित कर लाग्ने सिमा २०लाखबाट ३० लाखसम्म कारोबारमा आधारित कर तिर्ने सिमा ५० लाखबाट १ करोड पुर्याइयो ।

    साथै धेरै कुराहरु यसले छोएको पाइन्छ । अहिलेको यो विषम परिस्थिती लाईपनि यो बजेटले निकै बुझेको पाइन्छ राहत बितरण मुखी पनि यो बजेट समय अनुसार नै छ। ३ खर्ब माथिको बित्तीय अनुदान ले नै त्यहिनै बताउछ ,पुनरकर्जा र करछुट प्रणाली अङालेको पाइन्छ निजि क्षेत्रले स्वागत गरेको पनि पाइन्छ।

    देशमा उधोग धन्दा जिवित राख्न पहिलेकै अबस्थामा पुर्याउन यसले ठूलो भुमिका खेल्ने आशा गर्न सकिन्छ, सुरुङ मार्ग निर्माण र सुख्खाअ बन्दरगाह निर्माण पेट्रोलियम पाइप लाइन थप बिस्तार नयाँ पुलको निर्माण , कृकेट रंगशाला निर्माण खेलकुद बिकास ,सिमासुरक्षा बलथप गर्ने हस्पिटलको निर्माण सेवा बिस्तार लगायत धेरै राम्रो बिकास मुखी र सेवा र बितरण मुखी बजेट आएको देखिन्छ ।


     

    यो बर्ष जनमुखी बजेट आएपनी कोरोना माहामारी कहिले सम्म हो भन्न्ने थाहा छैन । माहामारी हाम्रोमात्र नभई विश्वभरनै छ त्यसले सबै लागूगर्न चुनौती हुनसक्छ , खास गरि पँुजिगत खर्च बिकास गर्ने मुल बजेट हुदा सामान्य समयमा त भनेजस्तो खर्च नहुने हाम्रो देशमा यो माहामारिको वर्षमा समस्या बढि हुन सक्छ । अर्को कुरा दलिय झगडा रहेको हुँदा पनि समस्या हुन सक्छ । चुनाबी कुरा हुँदा पनि भनेअनुसार खर्च गर्न चुनौती हुन्छ ।


    श्रोतजुटाउन पनि समस्या

    १६ खर्व माथिको बजेटमा जम्मा १० खर्ब मात्र आन्तरिक राजस्व मात्र जुटने कुरा छ त्यसैले यसमा अन्य काहाबाट ल्याउने बिदेशी ऋणबाट ३ खर्ब त्यति ठूलो रकम ल्याउने कुराछ त्यो नहुन पनि सक्छ । आन्तरिक ऋण पनि २ खर्बमाथी हुन सक्छ जटिल देखिन्छ !

    भबिस्यमा झन चुनौती कोरोना माहामारी भएपनी आन्तरिक राजस्व बढाउनु पर्दथ्यो तर त्यो देखिदैन बजेटको आकार बढने तर त्यो अनुसार आन्तरिक राजस्व नबढदा पनि ठूलो पुजि रिणको रुपमा लिनु पर्नेभो तर उक्त ऋणबाट ल्याएको रकम लागानी गरि पर्तिफलले तिर्नु पर्ने हुन्छ तर त्यो अबस्था सबै देखिदैन जसले गर्दा ऋण बढदा भबिस्यामा नराम्रो असर हुन सक्छ । यो बजेट्मा चालू खर्च कम देखाएको पाइन्छ त्यो स्थानीय निकाय र प्रदेशमा गाभिएको छ वास्तविक देखाउनु पर्छ !

    खर्च पुनराबलोकन आयोगको पर्तिबेदन प्रयोग भएन ।

    गत साल डा डिल्लिराज खनाल लगायतका अर्थसाश्त्रीहरुले दिएको  प्रतिबेदन यो बर्ष पनि  पुर्ण पालना भएको देखिदैन !बिदेशी बस्तुको आयात मा कटौती स्वदेशी बस्तुको प्रयोग अनिबार्य हुनुपर्दथ्यो जुन भएन ।

    अन्त्यमा आर्थिक वर्ष २०७८र७९ का लागि २०७८ जेठ १५ मा अध्यादेशमार्फत ल्याइएको बजेट समय सान्दर्भिक,वस्तुवादी, जनतालाई प्रत्यक्ष रुपमा राहत प्रदान गर्ने प्रकृतिको रहेको छ । यसको सफल कार्यान्वयनमा सरकार , सहकारी तथा निजी क्षेत्र मिलेर अगाडी बढ्नुको विकल्प छैन विषम परिस्थितिमा ल्याईएकाे बजेटमा केही कमी कम्जोरी रहेता पनि समग्रमा नेपाली अर्थतन्त्रका सबै पक्षहरुलाई व्यवहारिक रुपले समेटिएर बजेट निर्माण गरिएकाे छ ।

    काँशिराम घिमिरे
    पाणिनी–४ पटौटी अर्घाखाँची

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech