ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

लुम्बिनी प्रदेशमा साेमवार हुने राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा जसपाका चार सांसदले पनि मतदान गर्न पाउने
  • हजुरकाे पाेष्ट

  • १६ जेठ बुटवल –  सोमवार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा जनता सामाजवादी पार्टीका चार सांसदले मतदान गर्न पाउने भएका छन् ।

    सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका चार सदस्यमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि निर्वाचन आयोगले यसअघि प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ती सांसदको नाम राखिएको थिएन । निर्वाचन कार्यालय दाङले आज (आइतवार) त्याे सच्याउँदै मतदान गर्न पाउने सूचना जारी गरेको छ ।

    निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीमा प्रदेश सभा सदस्यमा ७९ जनाको मात्रै नाम रहेकोमा त्यसलाई थप गरी ८३ कायम गरिएको छ । यसअघि नाम नभएका, जसपाले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीको नाम थपिएको हो  ।

    सर्वोच्चले जेठ ३ मा उनीहरूलाई कारबाही गर्ने निर्णय जेठ १६ सम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

     

    माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव हुन लागेको हो । निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ र जसपाको महन्थ ठाकुर पक्षको समर्थन रहेको छ । विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनि भर्खरै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेशगरेका थिए। पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

    उपचुनावमा प्रदेश सभातर्फका ८३ सांसद र पालिकाका मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष गरी दुई सय १७ मतदाता छन् । तीन वटा मतदान केन्द्र बनाइएको र बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने जनाइएकाे छ । प्रत्येक मतदान केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइने भएको छ । उपचुनावमा प्रदेश सभा सदस्यको ४८ र पालिकाका अध्यक्ष र उपाध्यक्ष, मेयर र उपमेयरकाे मतभार १८ गणना हुन्छ ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech