ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

राष्ट्रियसभा उपचुनावको मतदान जारी, आजै नतिजा सार्वजनिक हुने
  • हजुरकाे पाेष्ट

  • १७ जेठ,दाङ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि उपचुनावकाे मतदान सुरु भएकाे छ ।

    दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका ३ वटा मतदानस्थलमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो ।

    मतदान दिउँसो ३ बजेसम्म हुनेछ । कोरोना महामारीका कारण भीडभाड नगरी मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

    उपचुनावमा दुई जना उम्मेदवार मैदानमा रहेका छन् । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

    दिउँसो ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर तत्कालै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिएका छन् ।

    आजको निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन्। जसमा प्रदेश सांसदको संख्या ८३ रहेको छ भने स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् । प्रदेशसभाको कुल मतभार ३९८४ रहेको छ भने स्थानीय तहको कुल मतभार ३९०६ रहेको छ । उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ।

    निर्वाचन आयोगले जसपाका चार प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको छ। विपक्षी दलहरुले निर्वाचन आयोगले प्रधानमन्त्री केपी ओलीको छायाँमा परेर अन्तिम समयमा मतदाता संख्या बढाएको आरोप लगाएका छन् ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech