ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित
  • हजुरकाे पाेष्ट

  • १७ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ । सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।

    यसअघि आइतबार साँझ पाँच बजे तय भएको स्थायी कमिटी बैठक पनि स्थगित गरिएको थियो ।

    बैठकमा स्पष्टीकरण सोधिएका १२ जना नेताहरुलाई थप कारबाही गर्ने विषयमा छलफल गर्ने तयारी थियो । तर राष्ट्रियसभा उपनिर्वाचन लगायतका कारण देखाउँदै बैठक स्थगित गरिएको छ ।

    यसअघिको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो ।

    स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडा छन् । उनीहरूले स्पष्टीकरण बुझाएका छैनन् ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech