ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाद्वारा राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार ।
  • हजुरकाे पाेष्ट

  • १७ जेठ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन् । कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदानमा भाग नलिएका हुन् ।उनले सामाजिक सन्जालमार्फत् यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’

    राणा राप्रपाबाट नेपालगञ्जको मेयर चुनिएका हुन् । बागमती प्रदेशमा भएको उपनिर्वाचनमा राप्रपाले एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा (बादल)लाई समर्थन गरेको थियो । तर गृहमन्त्री थापा एमाले माधव नेपाल पक्षसमेत आबद्ध विपक्षी गठबन्धनका साझा उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थिए ।

    माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको एक पदका लागि लुम्बिनी प्रदेशमा आज उपचुनाव गरिएको छ ।

    उपनिर्वाचनमा लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका पालिका प्रमुख र उपप्रमुख मतदाता छन् । भोट खसाल्न प्रदेशसभा सदस्य, पालिकाका प्रमुख-उप्रमुख र कोरोना संक्रमित जनप्रतिनिधिहरुका लागि अलग-अलग स्थान निर्धारण गरिएको छ ।

    राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech