ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको बेलायतकाे दाबी ।
  • हजुरकाे पाेष्ट

  • १७ जेठ,काठमाण्डाै – बेलायतको जासुसी संस्थाले पनि कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको छ । अमेरिकाको जासुसी संस्थाले वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको दाबी गरेको केही समयपछि बेलायतको जासुसी संस्थाले पनि भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

    जासुसी संस्थाले भाइरस प्रयोगशालाबाट बाहिरिएको बताएसँगै बेलायतका खोप मन्त्री नदिम जहावीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन थप अनुसन्धानहरु गर्न आग्रह गरेका छन । भविष्यमा प्रयोगशालाहरुको कमजोरीका कारण मानव स्वास्थ्यमा आउन सक्ने समस्याहरु रोक्न पनि कोरोना भाइरसको उत्पत्तिबारे तथ्यहरु सार्वजनिक हुनुपर्ने मन्त्री जहावीले बताएका छन ।

    अमेरिकाले लामो समयदेखि कोरोना भाइरस वुहानको एउटा प्रयोगशालाबाट बाहिरिएको दाबी गर्दै आएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले ९० दिनभित्र अनुसन्धान प्रतिवेदन दिन जासुसी संस्थालाई निर्देशन दिइसकेका छन । चीनले भाइरस प्रयोगशालाबाट बाहिरिएको कुरा अस्वीकार गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि वुहानमै पुगेर गरेको अध्ययनपछि भाइरस प्रयोगशालाबाट बाहिरिएको हुन नसक्ने जनाएको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech