ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी
  • हजुरकाे पाेष्ट

  • बुटवल १७ जेठ ,लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन । कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन रहेकाे थियो ।

    कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech