ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

मन्त्री श्रेष्ठ अस्पताल अनुगमनमा ब्यस्त अाज रोल्पा अस्पतालको अनुगमन ।
  • हजुरकाे पाेष्ट

  • १७ जेष्ठ रोल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सोमबार दाङमा सम्पन्न राष्ट्रिय सभाको चुनावमा मतदान गरे पश्चात् रोल्पा पुगेर रोल्पा अस्पतालको अनुगमन गरेका छन । मन्त्री श्रेष्ठले अस्पताल अनुमान गरे लगत्तै रोल्पा जिल्ला प्रशासन कार्यालय लिवाङमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सर्वपक्षीय विशेष बैठक सम्पन्न भएको छ ।

    बैठकमा मन्त्री श्रेष्ठले अहिलेलाई स्वास्थ्य सामाग्री सहज भएको बताउँदै मन, वचन र कर्मले जनताको सेवा खट्न सबैलाई अनुरोध गरे । उनले संघिय सरकारले बजेट प्रस्तुत गरेकोमा अहिलेसम्मकै ठुलो बजेट स्वास्थ्य क्षेत्रमा आएको बताउदै प्रदेश सरकारले पनि स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्ने संकेत गरे । मन्त्री श्रेष्ठले स्वास्थ्य संकट नियन्त्रण गर्न, अस्पताल व्यवस्थापन गर्न सरकारले पठाएको बजेट परिचालन गर्नुहोस ।’ उनले थपे ‘सर्वपक्षीय सहकार्य, सहयोग र साथले मात्रै कोरोना महामारीको युद्धमा विजयी प्राप्त हुनेछ । त्यसैले सबै मिलेर यो महामारीविरुद्ध लागौं । अहिले जसरी हुन्छ मान्छे बचाउँ । ’ ‘एउटा पुल या बाटो नबन्दैमा केही हुँदेन ।’

    प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा सापकोटाले विशेषगरी रोल्पा जिल्लाको वर्तमान कोरोनाकाे अवस्था, कोरोना नियन्त्रणमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयनमा चालेका गतिविधिको बारेमा जानकारी दिदै रोल्पा अस्पताललाई कम्तीमा १० वटा एचडियु बेड थप्न अनुरोध गरे ।

    रोल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर बुढाले अस्पतालले प्रदान गरेका कोरोना विशेष स्वास्थ्य सेवाबारे जानकारी दिए । उनले अस्पतालमा अहिलेलाई कोरोना विशेष कुनै पनि स्वास्थ्य सामाग्रीको अभाव नभएको बताए साथै अस्पतालकि नर्सिङ इन्चार्ज मीना कुँवरले महामारीमा अग्रपंक्तिमा खट्ने चिकित्सक तथा कर्मचारीले जोखिम भत्ता नपाएको बताउँदै लिवाङ क्षेत्रमा टेलिफोन नेटवर्कको समस्या प्रमुख रहेको बताइन ।

    प्रादेशिक जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले प्रदेश सरकार अन्तर्गत रहेको रोल्पा अस्पताल सुदृढीकरणका लागि तथा जनताको स्वास्थ्य उपचारार्थ सबैले सहयोग गर्न अनुरोध गर्दै मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावि योजनाहरुको बारेमा जानकारी दिए ।

    जिल्ला समन्वय समिति प्रमुख तिर्थराज खनाल, रोल्पा नगरपालिका प्रमुख पूर्ण के सी लगायतले आ-आफ्नो निकायबाट कोरोना नियन्त्रणमा चालेका गतिविधि जानकारी गराउँदै, आफुहरू जिम्मेवार रहेर हिजो पनि आआफ्नो तहबाट जनताको स्वास्थ्य उपचारार्थ खटेको र आज र भोलि पनि जनताको स्वास्थ्य उपचारमा निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको सुरक्षाको बारेमा बताउँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिहरुले निशेधाज्ञा व्यवस्थापन र जनताको सुरक्षाको बारेमा जानकारी गराए ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech