ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

महामारी नियन्त्रणका लागि टाेलटाेलमा निशुल्क परीक्षण गदै बुटवल उपमहानगरपालिका
  • हजुरकाे पाेष्ट

  • बुटवल, जेठ १७ । बुटवलमा आजदेखि टोल-टोलमा कोभिडको निशुल्क परीक्षण सुरु भएको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको छ । हालसम्म ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ ।बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण `हस्टस्पट´ क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो ।

    आजदेखि सुरु भएको परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ । महामारी विरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदाय स्तरमा व्यापक परीक्षण गरिएको बताउँदै प्रमुख शिवराज सुवेदीले स्वास्थ्य मापदण्डकाे पालन गर्न अाग्रह गर्नुभएको छ । स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताउनुभयो ।

    जनस्वास्थ्यको संवेदनशीलता र महामारी विरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख सुवेदीले बताउनुभयो । मनोबल उच्च राख्न उहाँले आग्रह गर्नुभएको छ । बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गरिएको छ भने योगा र ध्यान सिकाइएको छ ।
    वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको छ ।
    महामारी नियन्त्रणका लागि बुटवलले मुलुकमै नमुना र उदाहरणीय काम गर्दैआएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिनहरु र जरुरी परेकालाई अक्सिजन सिलिन्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेका छन् ।
    निशुल्क परीक्षण आगामी २१ गतेसम्म हुने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech