१८ जेठ,काठमाडौं । पटक पटक विवादित बन्दै अाएका पूर्वमन्त्री डा. भिम रावल प्रति यसपटक पनि सामाजिक संजाल प्रयोगकताले चरम आक्रोश ब्यक्त गरेका छन् ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले जनता बचाउन कोरोनाबिरुद्धको खोप ल्याउन पहल गर्दा पूर्वमन्त्री भीम रावल बिरुद्धमा उत्रियका हुन । जनता बचाउने काममा राष्ट्रप्रमुख लाग्दा रावलले कडा आपत्ति जनाए पछि सामाजिक सञ्जालमा सक्रिय सामाजिक प्रयोगकर्ताले उनकाे पिएचडी उपाधीमाथिनै औला उठाएका छन् ।
रावलले राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप लगाएका छन । रावलले राष्ट्रपतिबाट विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि अघि बढाएको पहलप्रति आपत्ति जनाउँदै कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लंघन भएको अाराेप लगाएका छन । डा. रावललाई सामाजिक संजाल प्रयोगकर्ता आम सर्वसाधारले ब्यक्त गरेका आक्रोश यस्तो छ ।