ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँची द्वारा छत्रदेव गाउपालिका ८ काे एक परिवारलाइ राहत हस्तान्तरण।
  • क्षितिज बिक्रम खनाल

  • १८ जेठ ,अर्घाखाँची ।  अर्घखाँचीकाे छत्रदेव गाउपालिका वडा न ८ सिठेनिमा प्रकाश वि क काे परिवार लाइ राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँची ले खाध्यान्न कालागि आवस्यक पर्ने चामल, चिउरा, तेल, मसला,  तरकारी लगाएतका  राहत सामाग्री प्रदान गरेकाे छ ।

    प्रकाश वि क काे परिवारका दुवैजना करिब ३ वर्ष पहिला देखि विरामि परि उपचाररत परिवारलाइ  अहिले  विहान साँझ खान समेत अफ्ट्यारो परेकाे जानकारि प्राप्त भएपछि राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँचीकाे पहलमा  अर्काे  छिमेकि वडा  ७ नं का  वडा अध्यक्ष शाेभाखर पाण्डे, राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य  शाेभाखर पाण्डेय र छत्रदेव गाँउपालिका  राष्ट्रिय युवासंघ  सचिब  शंकर मरासिनी,  लगाएतले  खाध्यान्न कालागि आवस्यक पर्ने चामल, चिउरा, तेल, मसला,  तरकारी लगाएतका  राहत सामाग्री  प्रकाश वि क लाइ  प्रदान गरेका हुन ।

    प्रकाश विक काे श्रीमती गीता विक करिव ३ वर्षदेखि दुवै मृगौला फेल भै त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेकाेमा हाल शिद्दबाबा अस्पताल बुटवलमा प्रधानमन्त्रि केपि अाेलिकाे पहलमा   उपचार गराइरहेकि छिन। उनि अन्य पाँच प्रकारको राेगले ग्रसित  छिन भने उनकाे श्रिमान प्रकाशकाे आखामा  समस्या रहेकाे बताए। उनका दुई सन्तान ५ बर्ष उमेर भन्दा कम उमेरका छाेरा छन ।  दैनिक ज्याला मज्दुरि गर्दै परिवारकाे छाक टारेका उनलाइ काेराेनाकाे कारणले भएकाे लकडाउनले  खाने लगाउने सबै  उपाए हराएकाे बताए  ।

    उनले भने “ मेराे ईश्वर भनेकाे एमाले अध्यक्ष केपि  ओलि हुनुहुदाे रहेछ , उपचार खर्च उहाले नै गर्नुभएको छ ”।

    याे  परिवार निकै बिपन्न रहेकाे छ नै त्यसमाथि राेग र लकडाउनले बाँच्न नै गाराे भएकाेले   सहयाेग काे लागि  हार गुहार गरिरहेकाे   स्थानिय  छिमेकि नरिश्वर पाेख्रेलले बताए  ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech