ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

संवैधानिक इजलास २३ गतेसम्मका लागि स्थगित
  • हजुरकाे पाेष्ट

  • १८ जेठ ,काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास आउँदो २३ गते आइतवारसम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको घोषणा गरेपछि सुनुवाइ स्थगित भएको हो ।

    इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले प्रश्न उठे पनि इजलास नछोड्ने बताएपछि कार्की र भट्टराईले अलग हुने घोषणा गरेका हुन् । दुई न्यायाधीशले इजलास छोडेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अब वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने बताएका छन ।

    न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका वकिलहरूले प्रश्न उठाएपछि विवाद हुँदै आएको थियो । रिटको सैद्धान्तिक विषयमै छलफल हुन नसकेपछि सर्वोच्च बारका पदाधिकारीले आज प्रधानन्यायाधीशसँग छलफल गरेका थिए । छलफलमा प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास पुनर्गठन गर्ने सहमति जनाएका थिए ।

    वरिष्ठता क्रमअनुसार गठन हुने इजलासमा कुनै कारण माथिल्लो वरीयताका न्यायाधीशले बस्न अस्वीकार गरेमा अर्को वरिष्ठता क्रमअनुसार गठन गर्न प्रधानन्यायाधीश राणा सहमत हुनुभएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

    यो सहमतिअनुसार अबको संवैधानिक इजलास गठन भएमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनेछन् ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech