१८ जेठ,काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आफ्नो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र लागत सूची सार्वजनिक गर्न निर्देशन दिएको छ ।
कोरोना सङ्क्रमितको उपचारमा कतिपय अस्पतालले चर्को मूल्य लिएको विषयमा नागरिकको गुनासा आएको भन्दै स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति निकालेर आउँदो सात दिनभित्र संस्थाले दिने सेवाको प्रकार र लागत सूची सार्वजनिक गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले कतिपय अस्पतालले अक्सिजनको मूल्य चर्को लिएको, बिरामीलाई अनावश्यक परीक्षण गर्न लगाएको, उपचारमा आवश्यक सामग्रीकाे व्यवस्थापन गर्न बिरामी आफैँलाई लगाएको, आवश्यकताभन्दा बढी औषधि खरिद गर्न लगाएको जस्ता गुनासा आएको भन्दै आपत्ति जनाएको छ ।
सेवाको प्रकार, लागत सूची सम्बन्धित संस्थाको वेबसाइटमा राख्न र स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन मन्त्रालयले सबै संस्थालाई निर्देशन दिएको हो ।
यस्ताे छ निर्देशन–