ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

चिनियाँ खोप बिहीबार सबै प्रदेशमा पठाइँदै
  • हजुरकाे पाेष्ट

  • १९ जेठ, काठमाडौं । अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले सातै प्रदेशका ६० देखि ६४ वर्ष उमेर समूहको जनसंख्याका आधारमा खोप वितरण गर्न लागिएको जानकारी दिए ।

    सातै प्रदेशमा गरी यो उमेर समूहका करिब ८ लाख ५५ हजार जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अहिलेको लटमा आएको खोपले सबैलाई पु¥याउन सम्भव नभएकाले प्रदेशस्थित स्वास्थ्य निर्देशनालयलाई दोस्रो डोजको सुनिश्चितता गरेर पुगेजतिलाई खोप लगाउन सक्नेगरी खोप पठाउन लागिएको डा. गौतमले जानकारी दिए ।

    यसअघि चिनियाँ अनुदानको खोप चीनसँग सिमाना जोडिएका र बढी कारोबार हुने जिल्लावासीलाई प्राथमिकता दिएर लगाइएको थियो । यसपटक भने सबै प्रदेशमा वितरण गर्न लागिएको हो ।

    डा. गौतमका अनुसार केन्द्रबाट प्रदेश आपूर्ति केन्द्रमा पठाइने छ र केन्द्रले प्रदेश स्वास्थ्य निर्देशनालयसँग मिलेर खोप अभियान सञ्चालन गर्नेछ । कुन प्रदेशमा कति डोज खोप जान्छ भन्ने यकिन नगरिसकिएको भन्दै डा. गौतमले प्रदेशको जनसंख्यालाई आधार मानेर प्रदेशमा पठाउने खोप संख्या तय गर्न लागिएको हो ।

    बुधबार कुन प्रदेशलाई कति खोप पठाउने भन्ने यकिन गरेपछि बिहीबार साँझ वा शुक्रबार बिहानै सबै प्रदेशमा खोप पठाउने तयारी केन्द्र सरकारको छ ।

    स्वास्थ्यको तथ्यांक अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका प्रदेश १ मा एक लाख ४० हजार, प्रदेश २ मा १ लाख ७८ हजार, वाग्मती प्रदेशमा १ लाख ८३ हजार, गण्डकीमा ७१ हजार, लुम्बिनीमा १ लाख ४५ हजार र कर्णाली प्रदेशमा ५२ हजार र सुदूरपश्चिम प्रदेशमा ८४ हजार जना छन् ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech