ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइयाे ।
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएकाे छ । आज बसेकाे काठमाण्डाै उपत्यकाकाे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे बैठकले निषेधाज्ञा १० दिन थपेर जेठ मसान्तसम्म बढाउने निर्णय गरेकाे हाे ।

    थपिएको निषेधाज्ञा भोलि रातिदेखि आउँदो जेठ ३१ गतेसम्म लागू हुनेछ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक घरबाहिर निस्कन पाइने छैन ।
    । यसअघि थपिएकाे निषेधाज्ञामा खाद्यान्नका पसलसमेत सञ्चालन गर्न राेक लगाइएकाेमा यस पटककाे निषेधाज्ञामा खाद्यान्न पसल खाेल्न पाइने भएकाे छ ।

    तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने प्रशासन कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ । निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चल्न पाउने भएका छन् ।

    त्यस्तै गाडी मर्मतका वर्कशप राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । आदेशका अरू प्रावधान भने १४ गते अगाडिकै यथावत् रहने छन् । कोरोना सङक्रमण नियन्त्रणका लागि गएको जेठ १४ देखि थप कडाइसहित थपिएको निषेधाज्ञा भोलि राति १२ बजे सकिदैछ । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech