२० जेठ,काठमाण्डौ – नेकपा एमालेको संस्थापन पक्षले खनाल-नेपाल समूहले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर खनाल-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन आग्रह गरेका हुन ।
अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको भन्दै उनले पार्टीको विधान विपरीत बोलाइएको बैठकमा सहभागी नहुन आग्रह गरेका छन ।
पार्टीले कारबाही गरेको अनाधिकृत व्यक्तिले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सूचना प्राप्त भएको र त्यस्तो क्रियाकलापको आफूहरुले निन्दा गर्ने सचिव तामाङले निकालेकाे विज्ञप्तिमा भनिएको छ ।