ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक रहेकाे डब्ल्यूएचओकाे पुष्टि ।
  • हजुरकाे पाेष्ट

  • २० जेठ,काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक रहेको जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको सङ्घर्षका कारण समस्यामा परेका त्यहाँका दुई लाख जनालाई स्वास्थ्य सामग्रीको आवश्यकता रहेको डब्ल्यूएचओले जनाएको हो  ।

    युद्धका कारण धेरै विस्थापित भएकाले मानवीय सङ्कटको जोखिम बढेको पनि डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्यूएचओका अनुसार युद्धका कारण ७७ हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् भने ३० भन्दा धेरै स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यस्तै, युद्धग्रस्त क्षेत्र गाजा संयुक्त राष्ट्रसङ्घ र रेड क्रस सोसाइटीका पदाधिकारीले निरीक्षण गरेका छन् ।

    ११ दिनसम्मको युद्धका कारण गाजा क्षेत्रका धेरै घर र विद्यालयसँगै अस्पतालहरू भत्किएका छन् । युद्धमा ६६ बालबालिकासहित २५४ जना प्यालेस्टाइनीको ज्यान गएको गाजा क्षेत्रका स्वास्थ्य अधिकारीले बताएका छन् । इजरायलतर्फ भने दुई बालबालिकासहित १२ जनाको ज्यान गएको थियाे।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech