ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

नेकपा एमालेका दुई पक्षको बेग्लाबेग्लै बैठक आज बस्दै
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा एमालेका दुई पक्षको बेग्लाबेग्लै बैठक आज बस्दैछ ।

    पार्टी विभाजनको डिलमा पुगेको एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक बिहान ११ बजे बस्दैछ । यस्तै, तीन दिनदेखि आह्वान हुँदै स्थगित हुँदै आएको संस्थापन पक्षको स्थायी कमिटी बैठक आजै अपरान्ह ४ बजे बस्ने तय भएको छ ।

    दोस्रो तहका नेताहरुबाट भैरहेको एकताको प्रयासकै बीचमा आज दुवै पक्षको अलग अलग बैठक बस्न लागेको हो । ओली पक्षले नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई अनधिकृत भएको आरोप लगाएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति नै निकालेर सो बैठकमा सहभागी नबन्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् ।

    तर, नेपाल-खनाल पक्षले भने ओली पक्षबाट व्यक्तिगत रुपमा नेताहरु टिप्दै फकाउँदै फुटाउ र राज गरको शैलीमा आफ्नो पक्षमा फुट पार्न लागेको निस्कर्ष निकाल्दै सामुहिक धारणा बनाउन आफुपक्षीय केन्द्रीय कमिटी बैठक आयोजना गरेको दाबी गरेको छ । भर्चुअल रुपमा बस्ने बैठकमा पछिल्लो दिनमा भैरहेको राजनीतिक घटनक्रम र पार्टी एकता वचाउने विषयमा आफ्नो पक्षका केही नेताहरु र अर्को पक्षबीच भैरहेको वार्ताको विषयमा छलफल हुने नेपाल निकट एक नेताले बताए ।

    संस्थापन पक्षले माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरिसकेको छ । थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोधिएपनि त्यसबारे कुनै निर्णय गरिसकेको छैन । तर, नेपाल पक्षका नेताहरुलाई व्यक्तिगत रुपमा आकर्षित गर्दै पार्टीमै अड्याउने र नेपालसहित केही सीमित नेतालाई हटाउने रणनीतिअन्तर्गत पछिल्लो चरणमा वार्ता भैरहेको ओली पक्षका नेताहरुले दाबी गरिरहेका छन् । सोही रणनीतिअन्तर्गत पछिल्लो पटक स्पष्टीकरण सोधिएका १२ नेता र सुदुरपश्चिमका १० जना प्रदेश सांसदहरुमाथिको कारवाही रोकिएको छ । ओली पक्षसँग नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेहरुले निरन्तर वार्ता गरिरहेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले भने सामुहिक निर्णय विना संस्थापनसँग केही नेताहरुले व्यक्तिगत रुपमा वार्ता गरिरहेको भन्दै आफ्नै पक्षका नेताहरुसँग आशंका गरेका छन ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech