ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

निषेधाज्ञामा स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ, अपराध ऐन, २०३२ अन्तर्गत मुद्दा चलाइयाे ।
  • हजुरकाे पाेष्ट

  • २० जेठ,काठमाण्डाै – कोरोनाको नाममा स्वास्थ्य सामग्रीलगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना महामारीको डेढ महिनाको अवधिमा देशभरबाट प्रहरीले अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रेम्डेसिभिर लगायतका स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जनालाई पक्राउ गरेको हो ।

    यो अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, आठ जना पीसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, चार जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, तीन जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने रहेका छन् ।

    कोरोना महामारीका समयमा स्थानीय प्रशासन र सरोकारवाला निकायसँगको समन्वयमा गोप्य निगरानी तथा अनुगमन टोली परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको प्रहरी प्रवक्ता एवं एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । यसैबीच यो अवधिमा काठमाण्डौ, रामेछाप, काभ्रे, बारा, महोत्तरी, खोटाङ, बर्दियालगायत जिल्लामा बढी भाडा लिएर यात्रु बोक्ने गाडीलाई पनि कारबाही गरिएको उहाँले बताए ।

    प्रहरीले जोसुकैले कालोबजारी वा ठगी गरेको भेटिए तत्काल प्रहरीको १०० नम्बरमा जानकारी दिन पनि आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै बजारमा अहिले कालोबजारी बढेको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech