२० जेठ,बुटवल । रुपन्देहीमा थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिन्न लागेकाले थप गर्ने तयारी गरेको हो ।
जिल्लामा कोरोना संक्रमणको दर घटे पनि जोखिम कायम रहेकाले निषेधाज्ञाको अवधी एक हप्ता थप गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले हजुरकाे पाेष्टलाइ बताए । ‘आज दिउँसो १ बजे डिसिएमसीको बैठक बस्दै छ’ सुचना अधिकारी थापाले भने ‘उक्त बैठकले थप एक हप्ता निषेधाज्ञाको अवधी बढाउने सम्भावना छ ।’
द्रोसोे लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गदै आएको छ।