ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

एमाले युवा नेता पाण्डेले विभिन्न स्वास्थ्य सामाग्री वितरण गर्दै मनाए जन्मदिन
  • हजुरकाे पाेष्ट

  • २० जेठ अर्धाखाँची। नेकपा एमाले अर्धाखाँचीका युवा नेता शितगंगा नगर इञ्चार्ज ओपि पाण्डेले आफ्नो जन्म दिनको अबसरमा शितगंगा नगरपालिका भित्र रहेका प्रहरी चौकीहरुलाई स्वास्थ सामाग्री बितरण गरि जन्म दिन मनाएका हुन ।देशभर कोरोना सक्रमण फैलिरहेकोले महामारीकाे अवस्थामा अग्रपंत्तीमा खट्ने राष्टसेवक प्रहरीहरूलाइ माक्स, सेनिटाइजर ग्लोप्स तथा फेशसिल्ड लगायतमा सामाग्री बितरण गरि जन्म दिन मनाएका हुन ।

    शितगंगा नगरपालिकाको इलाका प्रहरी कार्यालय ठाडा मार्फत मातहतमा रहेका ५ वटा प्रहरी चौकीलाई पाण्डेले स्वास्थ सामाग्री बितरण गर्नु भएको हो । साथै पाण्डेले महामारीमा जनताको सेवामा उच्च मनोवलका साथ काम गर्न सुरक्षाकमीहरुलाइ अनुरोध गरे । कोरोना रोकथामको लागि प्रहरी आफु जोखिममा रहेर पनि जनतकाे सेवामा दिनरात खटेकोमा प्रहरी प्रति उच्च समान रहेको बताउदै यो माहामारीमा दिनरात खट्ने स्वास्थकर्मीहरुको समेत सरकारले मनोवल कमजोर हुन दिन नहुने बताए।

    पाण्डेले गत बर्ष समेत कोरोना महामारीको समयमा भारत तथा अन्य स्थान बाट आएका सयौ जनालाई क्वारेन्टिमा खानाको ब्यवस्थापन गर्दै जन्म दिन मनाएका थिए । अप्ठेरोमा पर्नेहरुको सेवा नै मानसेवा र समाजसेवा रहेकोले जन्मदिन जस्ताे शुभकार्यमा समाजसेवा गर्दा जन्मको सिद्ध भएको हुने भएकोले पनि आफुले सहयोगमा लाग्ने पाण्डेले बताए । साथै पाण्डेले यो महामारीको समयमा अप्ठेरोमा परेमा अाफुलाइ सम्झन अाग्रह गदै अप्ठेरोमा परेका जनताको सेवाको लागि आफु र आफ्नो पाटी नेकपा एमाले सधै तयार रहेको बताए । सामान हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय ठाडाका प्रमुखले सामाजिक ब्यक्तित्वहरूले गरेकाे सहयाेग देख्दा अाफनाे थकाइ बिर्सि जनताकाे सेवामा लाग्न थप प्रेरणा मिल्ने बताउदै सहयाेग गरेकाेमा धन्याबार ब्यक्त गरे ।साथै यस्ताे पवित्र कार्यमा सधैभरी अगाडी बन्ने शक्ति प्रदान हाेस भन्दै धन्यावाद ब्यक्त गरेका छन ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech