ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

जसपा केही दिनमै सरकारमा सहभागी हुने : नेता लक्ष्मणलाल कर्ण ।
  • हजुरकाे पाेष्ट

  • २० जेठ,काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह अबको केही दिनभित्रै सरकारमा सहभागी हुने भएको छ । आफूहरू अबको केही दिनमै सरकारमा सहभागी हुने तयारी भएको जसपाको महन्थ ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

    तर जसपाको उपेन्द्र यादव समूह भने यसअघि देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएकाे छ । यो समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै आइरहेको छ । जसपाको एउटा समूह सरकारमा जाने तयारी गरिरहँदा अर्को समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । यसले जसपा औपचारिक रूपमा फुटको सङ्घारमा पुगेको छ ।

    प्राविधिक रूपमा एउटै पार्टी भए पनि व्यावहारिक रूपमा उनीहरू फरक गतिविधिसहित अघि बढिरहेका छन् । विवाद बढ्दै जाँदा दुवै समूहले एकले अर्को समूहलाई कारबाही गर्दै अघि बढेका छन् ।

    जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले–अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेका छन् । उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिदिएको छ । यस्तै अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि साधारण सदस्यबाटै निष्कासन गरेकाे छ ।

    दुवैले कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराएको छ । आयोगले भने कारबाहीका लागि थप विवरण पेस गर्न माग गरेको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech