२० जेठ,बुठवल – कैलालीको सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकरमाइकोसिस) को सङ्क्रमणबाट एक जनाको मृत्यु भएकाे छ । कालाे ढुसीकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेमा कैलालीको बर्दगोरिया गाउँपालिका ६ का ६५ वर्षीय पुरूष रहेको अस्पतालले जनाएको छ ।
जेठ १७ गते भर्ना भइ पीसीआर परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आए पनि ती पुरुषकाे आज बिहान ७ बजे ज्यान गएकाे सेती प्रादेशिक अस्पतालका एकजना सूचना अधिकारीले बताए ।
कालो ढुसीको सङ्क्रमणले बिरामीको आँखाबाट प्रवेश गरी शरीरका स्नायुमा आक्रमण गर्दै ज्यान नै जाने गराउने बताएका छन ।