२० जेठ,बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको मापदण्ड परिमार्जन गर्दै जेठ ३१ गतेसम्मका लागि थप गरेकाे छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हाे । यस अघि जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको निषेधाज्ञा थपको सिफारिस गरेको थियो ।
वर्षायाममा पहाडी जिल्लाहरुमा खाद्यन्य ढुवानी गर्न समस्या हुने भएको हुदाँ व्यवसायी तथा सुरक्षाकर्मीको समन्वयमा स्वास्थ्य मापदण्ड अपनाई रातको समयमा ढुवानी गर्न दिने निर्णय गरेको छ ।यस अवधिमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा सन्चालनमा रहनेछन् ।