ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

नेकपा एमालेका नेताद्वय नेपाल र खनाललाई आफ्नै समूहका नेताले अध्यक्ष केपी ओलीको जालमा नपर्न ध्यानाकर्षण गराए ।

पत्र सहित

  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नै समूहका चारजना नेताले पार्टीलाई एकताबद्ध बनाउने नाममा अध्यक्ष केपी ओलीको जालमा नपर्न ध्यानाकर्षण गराएका छन्। लिखित ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले अब फेरि पनि केपी ओलीसँग सम्झौता गर्ने हो भने झलनाथ–माधव समूहहरुको राजनीति सिद्धिने चेतावनी पनि दिएका छन् ।

    बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले पत्रमा वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकाल्दै २ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि उल्लेख गरेका छन् । ‘‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, पत्रमा लेखिएको छ । शीर्ष नेताहरुलाई निष्काशनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको उनीहरुको तर्क छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech