ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन
  • हजुरकाे पाेष्ट

  • २१ जेठ, काठमाडौं । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।
    प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ चौथो नम्बरमा छन् । तर उनी संवैधानिक इजलासमा परेका छैनन् ।

    श्रेष्ठ होम आइसोलेसनमा रहेकाले उनी पछाडिको वरियतामा रहेका खतिवडा इजलासमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

    यसअघि संसद विघटनविरुद्धका रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्दा बरिष्ठताको क्रम मिचेको भन्दै प्रधान्यायाधीश जबराको आलोचना हुँदै आएको थियो ।

    पछिल्लो पटक संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech