ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

पोलेका बिरामीको हेरचाह कसरी गर्ने ? प्राथमिक उपचार :

पोलेका बिरामीको हेरचाह कसरी गर्ने ? प्राथमिक उपचार :

  • दधिराम पाण्डे

  • पोलेका बिरामीको हेरचाह कसरी गर्ने ? प्राथमिक उपचार :


    महिला र केटाकेटीमा पोलाइको समस्या धेरै नै हुने गर्छ । जुनसुकै प्रकारको पोलाईमा सबैभन्दा पहिले बरफ चिसो पानी वा चिसो पानीमा डुबाएको कपडाले पोलेको ठाउँमा १५ मिनेटसम्म चिसो पानीमा डुबाएर राख्नुपर्छ ।

    चिसो बनाइसकेपछि पोलाई कति छ त्यही अनुसार उपचार गर्नुपर्छ । पोलेको घाउलाई कसकेसम्म सफा राख्नुपर्छ । घाउलाई फोहोर, धुलोमा बस्ने झिँगा र अन्य किराहरुबाट जोगाउनुपर्छ । पोलेको घाउमा चिल्लो पदार्थ जनावरको छाला, कफी, जडिबुटी, माटो वा गोबर राख्नु हुँदैन । पोलेको व्यक्तिले पर्याप्त मात्रामा शरीर विकास गर्ने खाना(प्रोटिन) खानुपर्छ । यस्तो अवस्थामा मुख बार्नु पर्दैन । सामान्यतया पोलाइ ३ किसिमका हुन्छन् ।

    १ सामान्य पोलाइ
    यस किसिमको पोलाइले छालामा फोका उठ्दैन । तर छाला गाढा वा रातो बनाउन सक्छ । चिसो बनाइसकेपछि यसलाई थप उपचारको आवश्यकता पर्दैन । दुखाइ कम गर्न एप्रिन वा पारासिटामोल प्रयोग गर्न सकिन्छ । यस क्रममा स्रक्रमण नहोस् भन्नको लागि पोलेको घाउ सफा गर्नुअघि आफ्नो हात राम्ररी धुनुपर्छ ।

    २ छालामा फोका उठ्ने पोलाइ
    छालामा पोलेर उठेको फोकालाई फुटाउनु हुँदैन । फोका फुटाएर वा संक्रमण निवारण गरिएको सुईले वा सिरिन्जले पनि त्यसभित्रको तरल पदार्थलाई निकाल्नु हुँदैन । फोका आफैँ फुटेमा संक्रमण निवारण गरिएको कैची प्रयोग गरी मरेको छाला हटाउनुपर्छ ।

    निर्मलीकरण गरिएको गज, कपास वा संक्रमण निवारण गरिएको कपडामा हल्का साबुन लगाइ घाउ सफा गर्नुपर्छ । सफा गर्न हाइड्रोजन पेरोक्साइड पनि प्रयोग गर्न सकिन्छ । यदि घाउमाथिबाट कपडा हटाउने प्रयास गर्दा कपडा टाँसिन्छ भने उमालेर चिस्याएको पानीले त्यसलाई भिजाउनुपर्छ । अनिमात्र हल्का कपडासँग कपडा हटाउनुपर्छ ।

    संक्रमण भएमा घाउको दुखाइ बढ्छ, अझ बढी सुन्निन्छ र घाउको वरिपरिको छाला रातो र कडा बन्दै जान्छ । यस अवस्थामा पेन्सिलिन वा एम्पिसिलिन जस्ता एन्टिबायोटिक दिनको ४ पटकका दरले ७ दिनसम्म दिनुपर्छ । तर ५ दिनपछि पनि संक्रमण नहटेमा त्यसको साटो इरिथोमाइसिन दिनको ४ पटकका दरले ७ देखि १० दिनसम्मे दिनपर्छ ।

    ३. गहिरो पोलाइ
    यस्तो प्रकारको पोलाइले छाला नै नष्ट गर्न सक्छ र मासु पनि डढाउँछ । यसप्रकारको पोलाइ जहिले पनि गम्भीर प्रकृतिको हुन्छ । यसरी पोलिएका व्यक्तिलाई तुरुन्तै उपचारको लागि लैजानुपर्छ । उपचारको लागि अन्यत्र लैजाँदा घाउलाई किटाणुरहित गरी भिजाइएको कपडा वा रुमालले छोप्नुपर्छ । कपडा भिजाउन प्रयोग गरिएको पानी उमालेर चिस्याइएको हुनुपर्छ । बिरामीलाई प्रशस्त तरल झोल पदार्थ दिनुपर्छ ।

    औषधि उपचारकौ सम्भावना नभएमा दोस्रो डिग्रीको पोलाइलाई जस्तै हेरविचार र उपचार गर्नुपर्छ । घाउलाई फोहोर धुलो झिँगा र अन्य किराहरूबाट जोगाउन निर्मलीकरण गरिएको गज, कपास वा तन्नाले छोप्नु पर्छ । यस्तो कपडा दिनमा ४ पटक वा घाउ सुख्खा भएमा दिनका २ पटक फेर्नुपर्छ ।

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech