२२ जेठ बुटवल। राष्ट्रीय युवासंघ नेपाल अर्घाखाँचीले सञ्चालन गरेकाे निशुल्क अक्सिजन सहितकाे एम्बुलेन्स सेवा लाइ जिल्ला प्रशासन कार्यालय अर्घाखाँचिले राेक लगाएकाे छ ।एम्बुलेन्स बाहेकका कुनै पनि सवारि साधनलाइ सञ्चालनमा राेक लगाएकाे प्रमुख जिल्ला अधिकारि विण्णु पौडेलले हजुरकाे पाेष्टलाइ बताए ।
कोभिड १९ को दोस्रो भेरियन्टको प्रभावको कारण ,संक्रमति भएका अति विपन्न तथा आर्थिक अवस्था कमजोर रहेकाहरुको लागि समयमै उपचारमा सहयाेगि बन्न भन्दै जेठ ९ गते देखि कालो नम्वर प्लेटको स्कर्पियोलाई एम्बुलेन्सको रुपमा राष्ट्रीय युवासंघ नेपालले सञ्चालन गरि निशुल्क एम्बुलेन्स सेवा दिदै आएकाे थियाे । जिल्ला प्रशासन कार्यालयले सेवा वन्द गर्न आग्रह गरेकोले स्थगित गरेकाे र प्रशासनले अनुमति दिएमा फेरि सेवा सञ्चालन गर्ने राष्ट्रीय युवासंघ नेपाल अर्घाखाँची का संयाेजक गोबिन्द प्रसाद आचार्यले बताए।
उनले भने ” रास्ट्रीय युवा संघ नेपाल अर्घाखांची बिपतको बेलामा आम नेपालि जनताहरुको पिडामा मल्हम लगाउन सदैब तयार छ। बिनाशकारी भुकम्पको समयमा पनि युवासंघ आवद्व युवाहरु रसुवा जिल्लामा गएर १५ दिन बसेर दर्जनौ घर बनाएको कुरा बिदितै छ। हाम्रो संस्था जिम्मेबार संस्था भएकोले राज्यका निर्देशनहरु पालना गर्नु हाम्रो दायित्व हो ।हाम्रो बारेमा अनेक अफबाह फैलाएर राजनिति गर्ने कसैको गलत मनसाय भए त्यो दिवा सपना नदेख्न र स्थितिलाइ बङ्ग्याएर कसैले सङठनको बदनाम गर्ने नियत राख्छ भने त्यो कदापि क्ष्यम्य हुने छैन “।
रास्ट्रीय युवा संघ नेपाल अर्घाखाँची ले सन्चालन गरेको एम्बुलेन्स सेवा अबरुद्द भएको बारेमा केहि सामाजिक सन्जालमा आएको खबर सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रीय युवासंघ, नेपाल अर्घाखाँची प्रचारको निम्ति नभै निरन्तर जनताहरुको उद्दार र सेवामा सधै तत्पर रहेको र अहिले पनि ज्याला मजदुरि गरि जिविकोपार्जन गरिरहेका र अफ्टेरोमा परेकाहरुलाई राहत उपलव्ध गराउने कार्यमा निरन्तर लागिरहेको समेत उनले बताएका छन ।