ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण दर बढदाे।
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढेको छ । त्यहाँको अफिस फर नेशनल स्टाट्टिक्स् ओएनएसले अहिले सङ्क्रमितको संख्या झण्डै दुई तिहाइले बढेको जनाएको छ । गएको मे महिनाको अन्त्यतिर झण्डै एक लाख जनामा सङ्क्रमण पाइएको छ । यसअघिको हप्तामा ६० हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।

    ओएनएसका अनुसार हिजो बेलायतमा ६ हजार २ सय ७८ नयाँ बिरामी देखिएको छ । यसमध्ये ९ सय ५४ जना अस्पतालमा भर्ना भएका थिए भने ११ जनाको ज्यान गएको थियो । बेलायतमा कोरोनाको डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिरहेको पाइएको छ ।

    स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको परीक्षण बढाए अझ बिरामीको सङ्ख्या धेरै निस्कने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले बेलायतमा भेटिएको नयाँ भेरियन्टलाई अल्फा, भारतमा सबैभन्दा पहिला भेटिएकोलाई किप्पा र पछि भेटिएकोलाई डेल्टा तथा दक्षिण अफ्रिकामा भेटिएकोलाई बीटा नाम दिएको छ । बेलायतमा अहिलेसम्म ४५ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने एक लाख २७ हजार ८ सय २३ जनाको ज्यान गएको छ ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech