ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७० लाख थान पुस्तक छाप्यो
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पुस्तक छपाएर देशभर बिक्री वितरणको काम सुरु गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन एक अहिना अघि नै जेठ मसान्तसम्ममा पुस्तक वितरणको काम सक्नुपर्ने भएकाले जनक शिक्षाले वितरणको कामलाई तीव्रता दिएको हो ।

    आउँदो वर्षको नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले कक्षा एकदेखि १० कक्षासम्मका एक करोड ७० लाख थान पुस्तक छापेको छ । लिमिटेडले गएको सोमबारदेखि नै देशभर रहेका आठवटा प्रादेशिक कार्यालयबाट ती पुस्तक बिक्री वितरणको काम थालेको जनक शिक्षा सामाग्री लिमिटेडका निर्देशक अनिलकुमार झाले बताउनुभयो ।

    अहिले विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीमा रहेको प्रादेशिक कार्यालयबाट वितरण भइरहेको छ । कोरोना महामारीले देशभर सहजै रुपमा पुस्तक पठाउन र वितरण गर्न भने केही समस्या भएको तर सरकारले तोकेकै समयमा विद्यालयमा पुस्तक पुर्याइने निर्देशक झाले बताउनुभयो ।

    कोरोना सङ्क्रमणको जोखिमका कारण अहिले पुस्तक पसल बन्द रहेकाले बिक्री वितरणमा केही समस्या आएको झाले बताउनुभयो । पुस्तक पसल खोल्न दिने व्यवस्था गरिदिन लिमिटेडले आग्रह गर्दै शिक्षा मन्त्रालयमा पत्र पठाएको र सरकारले निर्णय गर्ने बित्तिकै सहजै पुस्तक विद्यालयको पहुँचमा पुग्ने उहाँको भनाइ छ ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech