ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

आफूले चलाउने गरेको सवारी साधनमा कस्तो प्रकारको आयल प्रयोग गर्ने ?
  • कमल प्रसाद न्याैपाने

  • २३ जेठ, बुटवल ।आफूले चलाउने गरेको सवारी साधन (दुई या चार पाङ्ग्रे) सर्विसिङका लागि लैजाँदा सर्विस गर्ने व्यक्तिले सोध्ने गर्छन्– इन्जिन आयल पनि फर्ने हो ? अझ इन्जिन आयललाई हामीले मोबिल भनेर चिन्ने गर्छौं ।

    तर, हामीमध्ये धेरै कम व्यक्तिले मात्रै सोध्ने गर्छौं कि हाम्रो सवारीमा कस्तो प्रकारको इन्जिन आयल हालिन्छ । कस्तो इन्जिन आयल हाल्दा के काम गर्छ र कुन राम्रो हुन्छ ?

    सवारी साधनमा इन्जिन आयलको प्रयोग यसकारण गरिन्छ कि, त्यसले कुनैपनि सवारी साधनको इन्जिनलाई चुस्त दुरुस्त रुपमा संचालन गर्ने काम गर्छ । इन्जिन आयल सवारी साधनको क्षमता अभिवृद्धि गर्ने, पर्फमेन्सलाई बढाउने गर्ने तथा सवारी साधनको इन्जिनको आयू समेत बढाउन सहयोग गर्छ ।

    बजारमा विभिन्न ब्राण्डका धेरै थरिका इन्जिन आयल उपलब्ध रहेका छन् । यसलाई कम्पनीहरुले विभिन्न ग्रेडमा बिभाजन गरेर उत्पादन गर्ने गरेको पाइन्छ । हरेक इन्जिन अनुसार इन्जिन आयल समेत फरक किसिमको प्रयोग गर्नु पर्ने हुन्छ ।

    कस्तो इन्जिनमा कुन प्रकारको आयल प्रयोग गर्ने हो त्यो सवारी साधनको क्षमता र कार्यले निर्धारण गर्ने गर्छ । गलत प्रकारको इन्जिन आयलको प्रयोगले इन्जिनको क्षमता ह्रास ल्याउनका साथै इन्जिनको आयू नै घटाउँछ ।

    राम्रो गुणस्तरको इन्जिन आयलले इन्जिन सिल र ग्यासकेट प्लेटलाई चुस्त राख्न मद्धत गर्छ । खास गरेर इन्जिन आयल तीन प्रकारको हुन्छ ।

    मिनरल, सेमि सिन्थेटिक र सिन्थेटिक इन्जिन आयल बजारमा किन्न सकिन्छ । यी तीन प्रकारका इन्जिन आयलमा समेत विभिन्न ग्रेड रहेको छ । फरक फरक इन्जिन अनुसार फरक फरक आयल प्रयोग गर्ने गरिन्छ ।

    तपाईंले आफ्नो सवारी साधन सर्भिस गराउन जाँदा सर्भिस सेन्टरबाट कुन सवारी साधनमा कुन इन्जिन आयल उपयुक्त हुन्छ भन्ने जानकारी लिन सक्नुहुन्छ ।

    मिनरल इन्जिन आयल

    यो एक परिस्कृत पेट्रोलियम आयल हो । यसले मध्यम तापक्रममा काम गर्ने क्षमता राख्छ । बजारमा अहिले पनि उपलब्ध धेरै जसो कार तथा मोटरसाइकलमा मिनरल आयल प्रयोग हुने गर्छ ।

    यसले इन्जिनमा हुने फिक्सनबाट पैदा भएको तापक्रमलाई नियन्त्रण गर्न प्रर्याप्त लुब्रिकेशन प्रदान गर्छ । यसले उच्च तापक्रममा भने राम्रो कार्य गर्न सक्दैन । मिनरल इन्जिन आयल तुलनात्मक रुपमा सस्तो हुन्छ ।

    सेमि-सिन्थेटीक आयल

    यसलाई मध्यम श्रेणीको इन्जिन आयल मानिन्छ । यो इन्जिन आयल मिनरल आयल र सिन्थेटिक आयलको समिश्रणबाट निर्माण गरिन्छ । यसले कम तथा धेरै तापक्रममा उच्च पर्फमेन्स प्रदान गर्छ । हाल बजारमा उपलब्ध मिड साइक बाइकमा यो इन्जिन आयल प्रयोग हुने गरेको छ । मिनरल आयलको तुलनामा यो केही महंगो रहेको छ ।

    सिन्थेटीक आयल

    सिन्थेटीक इन्जिन आयल उच्चतम लुब्रिकेशनको रुपमा परिचित रहेको छ । यसको पर्फमेन्स एकदमै उच्च रहन्छ ।

    यो इन्जिन आयल प्रयोग हुने सवारी साधन अन्यको तुलनमा राम्रो माइलेज समेत दिने किसिमका हुन्छन् । खास गरेर यसको प्रयोग प्रिमियम सावरी साधनमा हुने गर्छ ।
    यसले अति चिसो र धेरै तातो मौसममा समेत समान पर्फमेन्स दिन्छ । यो अन्य आयलको तुलनामा धेरै महंगो रहेको छ

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech