ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

प्रतिनिधि सभा विघटनकाे मुद्दामा आज सुनुवाइ हुँदै, नयाँ इजलास गठनको सम्भावना
  • हजुरकाे पाेष्ट

  • २३ जेठ ,काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि फेरि सुनुवाइ हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि पक्ष र विपक्षमा सर्वोच्च अदालतमा परेका ३० वटा मुद्दामा आजदेखि फेरि सुनुवाइ हुन थालेको हो ।

    यसअघि नेकपाको एकता बदर गर्ने न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा रहेको भन्दै वरिष्ठ अधिवक्ताले नै विरोध गरेपछि यो सुनुवाइ गएको १८ गतेदेखि रोकिएको थियो । नेकपा फुटाउने निर्णय गरेका दुई जना न्यायाधीशको उपस्थितलाई लिएर वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु संवैधानिक इजलासमै नबस्ने जानकारी गराएपछि यो विषय झनै तात्तिएको थियो ।

    वरिष्ठ अधिवक्ताहरुको विरोध र दुई जना वरिष्ठ न्यायाधीशले नै संवैधानिक इजलासमा नबस्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने बताएका थिए । जबराले आज पुरानै इजलासलाई निरन्तरता दिनुहुन्छ या वरिष्ठ न्यायाधीश समेटेर नयाँ इजलास गठन गर्नुहुन्छ भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ ।

    नयाँ इजलास गठनको लागि संवैधानिक इजलास कार्य सञ्‍चालन नियमावली नै संशोधन गर्ने तयारी भए पनि शुक्रवार बसेको न्यायाधीशहरुको पूर्ण बैठकले यसबारेमा कुनै निर्णय गरेको थिएन ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech