जेठ २३,बुटवल शनिवार लुम्बिनीको साँस्कृतिक नगरपालिकाकाे खुनगाई बजारमा केही युवाहरुले कोरोना महामारीकाे समयमा प्रहरी प्रशासन र नगरपालिकाले जनतालाइ ज्यादती गरेकाे भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उक्त समुहले आइतवार सबै बजार खुलाउने र नगरपालिका घेराउ गर्ने भन्दै स्थानियहरुलाई बजार खोल्न सार्वजनिक रुपमा आग्रह समेत गरेका थिए ।
निशेषाज्ञाकाे बिचमा सरकारकाे अादेशलाइ नटेरेकाे र संक्रमण फैलाउने काम गरेकाे भन्दै सडकमा नाराबाजी तथा टायर बालेर बिरोध गर्ने दुईजना युवाहरूलाइ रुपन्देही प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको उलंघन गर्न
र नगरपालिका घेराउ गर्न सार्वजनिक रुपमा अपिल गर्ने उक्त समुहका अगुवा अर्जुन कुर्मि सहित दुईजनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । पक्राउ परेका दुई जनालाई संक्रामक रोग ऐन २०२० अनुसार एक महिना जेल हुने बताईएको छ ।
रुपन्देहीमा आगामी जेठ ३१ गते सम्म निषेधाज्ञा थप गरिएकाे छ ।याे बिचमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन जिल्ला प्रशाशन कार्यालयले अाग्रह गरेकाे छ।