२३ जेठ काठमाण्डाै। प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले सरकार पक्षका वकिललाई संवैधानिक इजलाससम्बन्धी निवेदन फिर्ता लिन आग्रह गरेका छन।
प्रतिनिधि सभा विघटनका मुद्दा सुनुवाइका लागि आज वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएपछि महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका वकिलले आपत्ति जनाएका छन् । केही वकिलले संवैधानिक इजलासविरुद्ध निवेदन पनि दर्ता गराएका छन् ।
‘इजलासप्रति मर्यादा राख्नुपर्छ । विश्वास पनि गर्नुपर्छ । तपाईँहरूले गर्नुभएको निवेदनमा जुन किसिमको विषयवस्तु राख्नुभएको छ, यो हेर्दा कुनै पनि न्यायाधीशले मुद्दा हेर्नसक्ने अवस्था हुन्न । अदालतको अवहेलना चलाउनुपर्ने अवस्था हुन्छ । फिर्ता लिनुहुन्छ या अदालतले कडा कदम चाल्नुपर्ने हाे ?’ प्रधानन्यायाधीश जबराले चेतावनी दिए ।
सरकार पक्षका वकिलले ११ जना न्यायाधीशले प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न नमिल्ने तर्क राख्दै आएका छन् ।